५ असार २०८२, बिहीबार

सलाम छ तपाईलाई !
  • न्युज मानसराेवर

बाँके\ बाँकेको शान्ति सुरक्षालाई थप सवलिकरण गर्नका लागि सरकारले जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी (जनपद) र म्यादी प्रहरी गरी ३ हजार १ सय ५० जना जनशक्तीलाई खटाएको थियो ।

त्यसै गरी बाँकेमा  शान्तिपूर्वक मतदान  सम्पन्न गरिएको छ ।  बाँकेमा कूल ६२ प्रतिशत मत खसेको प्रहरीले तथ्याकले जनाएको छ ।

मतदानका क्रममा  आज २ बजे बाँकेको राप्तीसोनारी गाउँपालिकामा वडा नं. ३  भवानीयापुर मतदान स्थलमा  खटिएका म्यादी प्रहरी हर्क बहादुर खड्काले एक आमा  मतदातालाई सहयोग गर्न बच्चा आफुले समातेर डियूटी गरेको तस्विर न्यूज मानसरोबरले कैद गरेको हो । उक्त मतदान स्थलमा कूल मतदाता ४ हजार १ सय ९७ रहेका थिए ।

उक्त  राप्तीसोनारी गाउँपालिकामा कूल २८ हजार ८ सय २८ मतदाताहरुले  मतदान गरेको  पत्रकार हेमन्त चौधरीले जानकारी गराएका छन।

 

  • ४ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech