१२ पुष २०८१, शुक्रबार

कस्तो रहला अन्य स्थान मौसम?
  • न्युज मानसराेवर

बाँके\पछिल्लो केही हप्ता यता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसका कारण वर्षा र हिमपात भएको छैन।   आज बिहान तराई भूभागको केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। विभागले आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१,  वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

  • २९ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech