बाँके बैजनाथ । स्याक नेपालको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा ४ दिने पत्रकारिता तालिम आज देखि सुरु गरिएको छ ।
तालिममा कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिका का २२ जना किशोरीहरुको सहभागिता रहेको छ ।
आफ्नो गाउँठाउमा बसोबास गर्ने रहेक नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट सम्बन्धित निकाय सम्म पुरयाउने उद्येश्यका साथ तालिमको आयोजना गरिएको हो । तालिममा सहभागि प्रशिक्षार्थीलाई पत्रकार , पत्रकारिता , समाचार लेखन , सम्प्रेशन , सन्चारमाध्यम पत्रकार आचारसंहिता लगायतका बिषयमा जानकारी गराइने छ ।
पत्रकार शकरप्रशाद खनालले तालिमको सहजीकरण गगरेका छन् ।