२७ जेष्ठ २०८२, सोमबार

बाँकेमा ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण
  • न्युज मानसराेवर

बाँके\केही दिनयता चलेको शितलहर र हुस्सुले बाँकेमा अत्यधिक चिसो बढेपछि कर्मचारी मिलन केन्द्रले मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण गरेको छ ।

चिसो अत्यधिक बढेपछि उनीहरुलाई निकै समस्या परेको जनाउँदै मानव सेवा आश्रमले माग गरेअनुरुप ५० थान कम्बल उपलब्ध गराइएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारीले बताए ।

शुक्रबार आश्रममै गएर बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर, कर्मचारी मिलन केन्द्रका अध्यक्ष अधिकारी, उपाध्यक्ष गोविन्द पाण्डे र नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठलगायतले कम्बल वितरण गरेका हुन।

प्रमुख जिल्ला अधिकारी खत्रीले चिसो अत्यधिक बढेकोले सचेत रहन सबैलाई आग्रह गर्दै अति नै आवश्यक परेकालाई विपद व्यवस्थापन समितिले पनि न्यानो कपडा वितरण गर्ने बताए ।न्यानो कम्बल पाएपछि निकै राहत महसुस भएको मानवसेवा आश्रम नेपालगञ्जका संयोजक सृजना वलीले बताइन । उनले अनुसार हाल मानवसेवा आश्रमको संरक्षणमा ३३ जनाले रहेका छन।

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech