बैजनाथ\नेकपा एमालेले बैजनाथमा विस्तारी बैठक सम्पन्न गरेको छ ।
नेकपा एमाले पालका स्तरीय कमिटीको आयोजनामा विस्तारी बैठकको आयोजना गरिएको हो । विस्तारी बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य घननाथ खनाल मान बहादुर रुचाल शारदा रेग्मी विक नन्द विश्वकर्मा क्षेत्रिय कमिटी पदाधिकारी जिल्ला कमिटी अध्यक्ष किस्मत कुमार कक्षपति जिल्ला कमिटी सदस्य लगाएतको सहभागिता रहेको थियो ।
विस्तारीत बैठकमा बोल्दै नेकपा एमाले युवा नेता तथा बाँके क्षेत्र न ३ प्रदेश क का प्रदेश सांसद रत्न खत्रीले निर्वाचनमा गरिएका प्रतिवद्धताहरु पूर्ण रुपमा पालन गरिने बताए ।
उनले समृद्ध बाँके निमार्णमा गर्नाका लागि नेकपा एमालेले सधै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै जनताले दिएको विश्वास र भरोसा अनुसार प्रदेश सरकारले कार्य सम्पादन गर्ने बताएका थिए । खत्रीले वडा स्तर देखी नै जनताका आवश्यक विकासका योजनाहरु पूर्ण रुपमा कार्यान्वय गर्न स्थानीय प्रदेश तथा संघिय सरकार सँगको समन्वयन संचालन गरिने बताएका थिए ।
बैठकले २७ गते बैजनाथ गाउँपालिका वडा कमिटीको बैठक बस्ने माघ १५ गते सम्म वडा स्तरीय भेलाहरुको आयोजना गरिने बताइएको
छ । त्यसै गरी पछिल्लो राजनितिक परिस्थिति बारे समेत जानकारी गराइने जिल्ला कमिटी सदस्य लिल बहादुर नेपालीले जानकारी गराए ।
विस्तारीत बैठकले स्थानीय सरकारले अख्तियारी गरेका विकासका योजना सम्बन्धी समिक्षा समेत गरेको छ । त्यसै गरी बैठकले वडा स्तरमा गर्नु पर्ने विकास योजनाहरु समेत माग गर्ने निर्णय गरिएको बैजनाथ गाउँपालिका कमिटीले जानकारी गराएको छ ।