सुर्खेत\कर्णाली प्रदेश सभाको दोस्रो बैठकले सभामुख र उपसभामुख चयनको मिति तय गरेसँगै भावी सभामुखका बारेमा चर्चा हुन थालेको छ । सभामुख चयनका लागि ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी एमालेका विनोदकुमार शाहले आगामी माघ १ गते दिउँसो १ बजे बैठक बोलाइएको छ ।
निर्वाचन प्रयोजनका लागि पुस ३० गते मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको प्रस्तावउपर दाबी विरोधको तालिका तय गरिएको छ ।
यस्तै माघ १ गते उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन ११ बजेदेखि सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा गर्ने कार्यतालिका रहेको प्रदेश सचिवालयले जनाएको छ ।