२० असार २०८३, शनिबार

आजदेखि देख्न सकिन्छ हरियो पुच्छ्रेतारा
  • न्युज मानसराेवर

बाँके\हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो  ।

बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवं खगोलविद् डा. सनतकुमार शर्माका अनुसार शुक्रबारदेखि करिब एक महिनासम्म यस पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ ।

“आजभन्दा ५० हजार वर्षपहिले हिमयुगमा नेन्दरथल तथा हाम्रा पूर्वज ‘होमो सेपियन्स’ पृथ्वीमा विचरण गरिरहेको समयमा पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छ्रेतारा नै फेरि पृथ्वीको नजिक आएको हो”, उनले भने ।यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नाङ्गो आँखाले अवलोकन गर्न सकिनेछ । यस पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलाद्र्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रुअरीपछि भने दक्षिणी गोलाद्र्धमा बस्नेले समेत हेर्न सक्ने उनले जानकारी गराए ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech