९ असार २०८२, सोमबार

नेपालमा देखियो सेरोटाइप ३ डेंगु
  • न्युज मानसराेवर

बाँके\नेपालमा गरिएको नमूना परीक्षणमा सेरोटाइप ३ स्वरुपको डेंगु धेरै देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप ३ स्वरुपको डेंगु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।

उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप ३ धेरै देखिएको बताए। ‘यस भन्दाअघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप ३ देखिएको थियो’, उनले भने, ‘यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप ३ देखिएको छ।’

सामन्यता एकपटक डेंगु भएकालाई पुनः डेंगु हुँदा सेरोटाइप ३ देखिने सम्भावना रहेको उनको भनाइ छ। उनका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप ३ देखिएको छ भने दुबै खालका स्वरुप मिक्स भने छ जनाको नमूना परीक्षणमा देखिएको छ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech