बाँके\ प्रतिनिधिसभाको उपसभामुखलागि आज मतदान हुँदैछ ।
आज दिउँसो १ बजे उपसभामुखको लागि मतदात हुने संसद सचिवालयले जनाएको छ ।
उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ ।
प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छन् भने नेपाली कांग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दर्ता गरेकी छन् ।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।