बाँके \ स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी नेपालगञ्ज आएका छन।
जिल्लामा दादुरा महामारी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नाको लागि मन्त्री गिरी बाँके आएका हुन।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी (भोेली) आतबार विहान ८ बजे बाँके जिल्ला स्थित नेपालगञ्ज वडा नम्बर ५ फुल्टेक्रामा पुग्ने कार्यक्रम रहेको गिरीको निजी सचिवालयले जनाएको छ ।
पछिल्लो समय जिल्लामा दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
भने सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर नगरपालिकामा दुई जना भेटिएका छन् ।
मन्त्री गिरीलाई बाँके क्षेत्र न १ बाट निर्वाचित सांसद सुर्य ढकालले जिल्लामा दादुरा प्रकोप बारे जानकारी सहित तत्काल कार्य योजना बनाएर प्रकोप नियन्त्रण गर्न आग्रह गरेका थिए ।