११ असार २०८२, बुधबार

बाँके र बुटवलमा शुरु गरियो ‘वाटर एटीएम’
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले धित मर्ने गरी पानी पिउन सकिने जानकारी गराएका छन।

उनीजस्तै अन्य सर्वसाधारणले पनि वाटर एटीएमबाट तीनदेखि पाँच रुपियाँमा धित मरुन्जेल पानी पिउन सकिने बताएका छन्।  नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोजी चोक, पुष्पलाल चोक र सेतु विक चोक, जयसपुर बस बिसौनी र जमुनाहा भन्सार रोड अगाडि वाटर एटीएम सेवा सञ्चालन गरिएको छ। यसलाई अब केही समयभित्र नेपालगञ्जको अन्य चार स्थानमा सञ्चालन गर्न लागिएको वाटर एटीएमका सञ्चालक एवं अल्कालाइन इन्टरप्राइजेज प्राइभेट लिमिटेडका मिसबाहुल हक अन्सारीले जानकारी दिए।

उनका अनुसार  चिसो पानी प्रतिलिटर पाँच रुपियाँ र नर्मल पानी प्रतिलिटर तीन रुपियाँमा बिक्री हुँदै आएको छ। संस्थाको तथ्याङ्कअनुसार गर्मी मौसममा एउटा वाटर एटीएयममा पाँच सय बढीले र जोडोमा दुई सय जनाभन्दा बढीले दैनिक पानी खाँदै आएका छन्। यो दररेट नेपालगञ्ज उपमहानगरपालिकाले तोकेको हो।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा २०७३ सालदेखि वाटर एटीएम सञ्चालनमा आएको हो। एक स्थानमा वाटर एटीएम सञ्चालन गर्न आठ लाख रुपियाँ लगानी लाग्ने गर्छ। यो सेवामूलक व्यापारबाट पनि खर्च व्यवस्थापन गरेर केही रकम बचत गर्न सकिने सञ्चालकको भनाइ छ। यस्तै रुपन्देहीमा पहिलो पटक ‘वाटर एटीएम’ सञ्चालनमा ल्याइएको छ। बुटवल उपमहानगरपालिका–१३ मा रहेको वडा कार्यालय परिसरमा (यातायात लाइसेन्स र ब्लुबुक कार्यालय छेउमा) ‘वाटर एटीएम’ शुभारम्भ गरिएको हो।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पानी पिएर कार्यक्रमको शुभारम्भ गरिएको हो । ‘वाटर एटीएम’बाट पानी पिउनका लागि प्रतिलिटर पाँच रुपियाँ लाग्नेछ, एटीएममा पाँच रुपियाँको क्वाइन (सिक्का) वा एटीएम कार्ड प्रयोग गरेमा पानी सहजै उपलब्ध हुनेछ। यो सेवाले एक बोतल पानीको २०/२५ रुपियाँ तिर्नु पर्ने झन्झट हटेको छ। करिब १४ लाख ४६ हजार बराबरको लागतमा सो मेसिन जडान गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय योगिकुटीका कार्यालय प्रमुख गुणनिधि पोखरेलले गरका छन।

रुपन्देहीको तिलोत्तमा भलबारीमा पनि यस प्रकारको मेसिन जडान गर्ने तयारी गरिएको उनले उल्लेख गरे  । नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ का अध्यक्ष रमा केसीले रुपन्देहीको इतिहासमै आफूहरूले नयाँ कामको सुरुवात गरेको बताए ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech