११ असार २०८२, बुधबार

१२ औं गाउँसभाबाट के पारित गरियाे बैजनाथमा? (विवरण )
  • न्युज मानसराेवर

बाँके/बैजनाथ गाउँपालिकाको १२ औं गाउँसभा तथा हिउँद अधिवेशनले विभिन्न ऐन पारित तथा विविध  निर्णय गरेको छ ।

गाउँपालिका कार्यालय रामपुरमा मंगलबार गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको सभाध्यक्षतामा समापन भएको गाउँसभाले शिक्षा ऐेन २०७७ संशोधन, साझेदारी ऐन २०७९, नगर प्रहरी ऐन २०७९, ब्यवसाय दर्ता ऐन २०७९, लिलाम बिक्री कार्यविधी २०७९ सर्वसम्मत रुपले पारित गरेको हो ।

गत पुस १३ गतेदेखी सञ्चालनमा आएको गाउँसभाले शुभ प्रभात बहुमुखी क्याम्पस स्थापना पहल गर्ने, बनकटुवा न्यु सिटीमा १५ शैयाको अस्पताल स्थापना गर्न स्वास्थ्य मन्त्रालय तथा विभागमा प्रक्रिया अगाडी बढाउने, भुमिहिन दलित सुकुम्बासी, अब्यवस्थित बसोबासको प्रक्रिया अगाडी बढाई तुरुन्त कार्यान्वयन गर्ने, अस्थायी र करार कर्मचारीको कार्य सम्पादन मुल्यांकनको आधारमा २०७९ माघ मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी गाउँसभाले बिद्यालय भवन निर्माण, स्वास्थ्य चौकीमा तारबार निर्माण, करार शिक्षकहरुको पोशाक भत्ता, महिला स्वास्थ्य स्वयं सेविका प्रोत्साहन सुविधा, विभिन्न धार्मिक मठ मन्दिर गुम्बा चर्च देउथानमा पुर्वाधार सहयोग, ईलाका प्रहरी कार्यालय कोहलपुरको भवन निर्माण सहयोग, चिसापानी-सम्झना-बानियाभारमा अत्याधुनिक सिसि क्यामेरा जडान गर्ने निर्णय गरेको छ ।

यस्तै सोलार लाईट, बडघर सामाग्री सहयोग, एड्भान्स एजुकेशन नेपाली अँग्रेजी अध्यापन बालकथा, बैजनाथ रेडक्रस जुनियर युवा सर्कल सहयोग, आयुर्वेद अति आवश्यक औषधी खरिद, हुम पाईप, बिजुली पोल, ढल निकास, बाटो स्तरउन्नती गर्ने लगायतको निर्णय गरेको छ ।

त्यसयैगरी श्रम तथा रोजगार शाखा स्थापना गर्ने, मानखोला, जेठी नाला, दोन्द्रा नालामा तटबन्धको प्रस्तावित योजना बनाई प्रदेश, संघसँग कार्यान्वयनका लागि पहल गर्ने लगायतका निर्णयहरु गाउँसभाबाट पारित गरिएको अध्यक्ष शाहीले जानकारी गराएका छन ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech