२६ जेष्ठ २०८२, आईतवार

सुर्खेतमा प्रहरीद्वारा चार राउण्ड अश्रुग्यास प्रहार
  • न्युज मानसराेवर

सुर्खेत\ सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मङ्गलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको हो ।

आइतबार बसको ठक्करबाट मृत्यु हुनुभएकी जाजरकोटकी नदी रावतका आफन्तले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् । आन्दोलनलाई साम्य पार्ने प्रयास प्रहरीले गरिरहेको छ । तर आन्दोलनले थप उग्ररुप लिँदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ ।

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech