सुखेत \नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको राजनीतिकले नयाँ कोर्स लिएको बताएका छन। नयाँ गठबन्धनसँगै राजनीतिक रुपमा नयाँ परिवेश स्थापित भएको उनको भनाइ छ ।
बुधबार सुर्खेत विमानस्थलमा नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यस्तो बताएका हुन। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसकेपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने उनले प्रष्ट पारेका छन।
उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि प्रतिवद्धता जनाए । यो कुरा आफूले २०७२ मै अर्घाखाँचीमा पुगेर घोषणा गरेको र त्यसमा आफू अहिलेसम्म पनि अडिग रहेको यनको भनाइ छ ।
“राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसकेपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम हुन्छ” उनले भने , “प्रचण्डकै नेतृत्वमा सरकार अघि बढ्छ । आलोपालोको विषयमा छलफल भएको छैन ।”