२५ जेष्ठ २०८२, शनिबार

दाङ स्थित लमही नगरपालिकामा लैससास परिक्षण शुरु
  • न्युज मानसराेवर

दाङ\लमही नगरपालिकामा लैगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण शुरु गरिएको छ ।  लुम्बिनी प्रदेश सुशासन केन्द्र बाँकेको आर्थिक सहयोग लमही नगरपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेको सहजीकरण मा उक्त परिक्षण  कार्यक्रम शुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा स्वागत मतव्य राख्दै लमही नगरपालिका उप लक्ष्मी योगीेले लैससास मैत्री नगरपालिका निमार्ण गर्नाका लागि उक्त अभिमुखिकरण कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरिन। लैगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण गर्ने विधिले समग्र नगरपालिकाको योजना निमार्णमा टेवा पुग्ने छ उनले भनिन। कार्यक्रममा लमही नगरपालिका  मेयर  जोगराज चौधरी प्रमुख प्रशासकीय अधिकृत अर्जुन बहादुर थापा , वडा अध्यक्ष ,विषयगत शाखा प्रमुख, कार्यपालिका सदस्य लगाएत ३३ जनाको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण लैगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ शोभिता परियारले गरेकी छन।

कार्यक्रम २ दिन सम्म संचालन गरिने सहजीकरण गर्ने संस्थाले जनाएको छ । लैगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण बाट समग्र नगरपालिकाको विकासका योजना सहभागितामा आमुल परिवर्तन हुने विश्वास गरिएको छ ।

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech