दाङ\दाङ स्थित राप्ती गाउँपालिकामा लैगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्पन्न गरिएको छ ।
प्रदेश सुशासन केन्द्र,लुम्बिनी प्रदेश बाँकेको आर्थिक तथा प्राविधिक सहयोग तथा वातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक) बाँकेको सहजीकरण उक्त परिक्षण दुई दिन सम्म संचालन गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहलाई संस्थागत विकासमा (लैससास) परिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्वमूल्याङ्कन बाट आफ्नो गाउँपालिकाको स्थान बारे थाह हुन पाउँदा खुसी लागेको बताए ।
उनले नीतिगत रुपमा (लैससास)सूचकहरुमा क्रमिक रुपमा सुधार गर्दै कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन। कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरी ,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली, वडा अध्यक्ष ,कार्यापालका सदस्य, विषयगत शाखाका प्रमुख लगाएत ३९ जनाको सहभागिता रहेको थियो ।