४ जेष्ठ २०८२, शनिबार

प्रधानमन्त्री आज लुम्बिनी आउँदै
  • न्युज मानसराेवर

बुटवल\आज २५६७औं बुद्ध जयन्ती विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदैछ।लुम्बिनीमा मनाइने बुद्ध जयन्तीको मूल समारोहको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डले बिहान ११ बजे लुम्बिनी कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए। गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा लिने गर्छन्।

मन्दिर आसपासका पुरातात्विक संरचनालाई फूल र मालाले सजाएर आकर्षक बनाइएको छ। मन्दिर परिसरको भित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर आकर्षक पारिएको छ। स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ। मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलिमिली बत्ती राखिएको छ।

अन्तर्राष्ट्रिय ध्यान केन्द्र अर्थात् सभाहलमा विशेष समारोहको तयारी भइरहेको छ। ठाउँठाउँमा बुद्ध वचन, वाणी र पञ्चशीलका नयाँ तुल, व्यानार हल परिसरमा टाँसिएको छ।सभाहलमा विशेष समारोहका साथ शुक्रवारको दिवस मनाउने तयारी भइरहेको कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठीको भनाइ छ।

  • २२ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech