४ जेष्ठ २०८२, शनिबार

जजिराले पुनः उडान थाल्ने
  • न्युज मानसराेवर

बाँके\भैरहवास्थित गौतम  बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ गतेदेखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ गतेदेखि उडान रोकेको थियो ।

जजिराले गौतम बुद्ध विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै कुवेतमा सातामा तीन उडान गर्दै आएको थियो । जजिराले भैरहवाबाट राति २ बजे उडान भरेर त्यहाँको समय अनुसार बिहान ४ बजे कुवेतमा अवतरण हुँदै आएको थियो ।

नेपालबाट कुवेत ट्रान्जिट भएर जाने यात्रु धेरै हुने र त्यहाँबाट ट्रान्जिटका उडान बेलुका ३ बजेबाट मात्रै हुने भएकोले यात्रुको सहजताका लागि उडान तालिका व्यवस्थापनसहित सोमबारदेखि पुनः उडान सुचारु हुने भैरहवा विमानस्थल महानिर्देशक हंसराज पाण्डेले जानकारी गराएका छन।

  • ३० बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech