बाँके\बाँके क्षेत्र नं.१ का संघिय सासंद सुर्य ढकालले हरेका क्षेत्र भष्ट्रचारमा लिप्त रहेको बताएका छन।
शुन्य समयमा संघिय संसदमा आफ्नो धारणा राख्दै ढकालले २०४८ यताका सबै प्रधानमन्त्री, उच्च पद मा रहेको मुख्य सचिव राजनितिक दलका नेताहरुको सम्पत्ति छानविन गर्न माग समेत राखेका छन।
सांसद ढकालले मल खातमा ,रेडक्रसमा, लडाकु शिविर लगाएत क्षेत्रमा भष्ट्रचार भएको दावि गरेका छन।
त्यसै गरी ढकालले बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय तत्काल स्थापना गरिनु पर्ने बताए । उनले माओवादीले संचालन गरेको १० वर्षे सशस्त्र द्वन्द्व नाममा विस्तापित नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापन कहिले हुन्छ ? भनी प्रश्न समेत गरेका छन।
ढकालले महिला क्रिकेट एकेडेमि कोहलपुर मैदान निमार्ण गर्नाका लागि आवश्यक बजेट विनियोजन गर्न सभामुख मार्फत नेपाल सरकार समक्ष ध्यानआकर्षण समेत गरेका छन। सबै भष्ट्रचारका काण्डहरु छानविन गर्न उच्च स्तरीय आयोग गठन गरिनु पर्ने समेत ढकालले उल्लेख गरेका छन।