१९ असार २०८२, बिहीबार

वैदेशिक रोजगारीबाट फर्किएका युवाको तथ्याङ्क सङ्कलन गर्दै कोहलपुर
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिकाले विदेशमा सिकेको सिपलाई स्थानीयस्तरमा उपयोग गर्ने योजना बनाएको छ ।

नगरपालिकाको सबैलाई रोजगारी दिने नीतिअनुसार विदेशमा गएर गरेको र सिकेको सिपलाई उपयोग गर्न विदेश गएर फर्किएका युवाको तथ्याङ्क सङ्कलन सुरु गरिएको हो ।

कोहलपुर नगरपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले दिगो तथा सम्मानित रोजगारीका लागि रोजगारीको सिलसिलामा विदेश गएर फर्किएकाको तथ्याङ्क सङ्कलन सुरु गरिएको जानकारी गराएका हुन ।

उनले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणसँगको साझेदारीमा कोहलपुर नगरपालिका क्षेत्रका युवाको तथ्याङ्क सङ्कलन सुरु गरिएको उल्लेख गरेका छन।

परियोजनाको आर्थिक वर्ष २०८९/०८० को कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारबाट फर्केका युवाका लागि सीपसम्बन्धी तथ्याङ्क सङ्कलन, अद्यावधिक कार्यसम्बन्धी अभिमुखीकरणसमेत गरिएको छ ।सामाजिक विकास समितिका संयोजक विश्वकर्माकाअनुसार तथ्याङ्क सङ्कलनमा खटिने कर्मचारीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उनले कोहलपुरको विकासका लागि सीपयुक्त जनशक्ति परिचालन गर्ने उद्देश्य नगरपालिकाको रहेको बताए ।
कोहलपुर नगरपालिकाकाले देश विकासका लागि युवाको आवश्यकता महसुस गरेर यो सर्वेक्षण सुरु गरिएको जनाएको छ ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech