बैजनाथ\बैजनाथ गाउँपालिकाले बाँके बर्दिया जोड्ने पुल निमार्णका लागि शिलन्यास गरेको छ ।
बैजनाथ गाउँपालिका वडा नं.८ स्थित चौखरी देखी बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नं.३ जोड्ने झोलुङ्गे पुलको शिलन्यास गरिएको हो । कूल १ करोड ५० लाखमा १सय १९ मिटर लामो झोलुङ्गे पुलको निमार्ण गर्नाका लागि शिलन्यास गरिएको बैजनाथ गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष भूपाल पुन मगरले जानकारी गराएका छन।
उक्त पुलको शिलन्यास बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकायाले गरेका थिए ।
उक्त शिलन्यास कार्यक्रममा वडा नंं.८ का वडा अध्यक्ष भगन थारु कार्यापालका सदस्यहरु स्थानीय समुदायको सहभागिता रहेको थियो ।
शिलन्यास पश्चात संक्षित प्रतिक्रिया दिदै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले झोलुङ्गे पुल निमार्ण पश्चात मानव जीवनलाई सहज तुल्याउने विश्वास गरेका छन।शाहीले पुल निमार्णका लागि संघिय मन्त्रालय तथा प्रदेश सरकारको समेत सहयोग हुने धारणा राखेका छन।