२१ असार २०८२, शनिबार

थालेसेमियाका बिरामीलाई निःशुल्क औषधि वितरण
  • न्युज मानसराेवर

बाँके\थालेसेमियाका बिरामीलाई आवश्यक पर्ने आइरन चिलेटर (डिफेरासिरोक्स) नामक औषधि भेरी अस्पतालमा पहिलो पटक निःशुल्क वितरण गरिएको छ । बिरामीले रगत चढाएपछि प्रयोग गर्नुपर्ने एउटै ट्याबलेटको १५० रुपियाँसम्म पर्ने सो औषधि अस्पतालमा उपचारका लागि आउने बिरामीले यसअघि आफैले किन्थे ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले नेपाल सरकारले बजेट पठाएसँगै अस्पतालले थालेसेमियाका बिरामीलाई औषधि निःशुल्क दिन सुरु गरेकोे जानकारी  गराएका छन। औषधि बच्चाको ओपीडीमा निःशुल्क पाइने  उनले भने ।

डा. पाण्डेका अनुसार अतिनै महंगो भएका कारण धेरै बिरामीले यो औषधि खान पाएका थिएनन् । चिकित्सकका अनुसार थालेसेमियाका बिरामीलाई रगत चढाउनु पर्ने भएकाले बढी रगत चढाउँदा आइरन ओभरलोड भएर कलेजो, मुटुको समस्या हुने जोखिम बढी हुन्छ ।

कन्सल्टेन्ट फिजिसियन डा। पाण्डेले भने – ‘२० पिन्टभन्दा बढी रगत चढाएपछि शरीरमा आइरन ओभरलोड हुन्छ ।

त्यहीँ भएर डिफेरासिरोक्स औषधि नियमित खानुपर्छ । तर महंगो पर्ने भएकाले अधिकांश बिरामीहरुले किन्न नसकेर औषधि खाने गर्दैनथे र खाए भने केही समयमै छाड्ने गर्थे ।’ नेपालगञ्जस्थित भेरी अस्पताल, मेडिकल कलेज, कान्ति आरोग्यलगायतका अस्पतालमा एक सयको हाराहारीमा थालेसेमियाका बिरामीले उपचार सेवा लिइरहेका छन् ।

बंशाणुगत यो रोगका कारण खासगरी थारु समुदायका बालबालिकाहरु बढी प्रभावित छन् । भेरी अस्पतालले निःशुल्क डिफेरासिरोक्स औषधि दिन सुरु गरेपछि थालेसेमियाका बिरामीलाई राहत मिलेको छ ।

  • १० जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech