१७ बैशाख २०८१, सोमबार

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि शुरु हुने
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन भोलि जेठ १२ गते शुक्रबारदेखि हुनेभएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन।

प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशको दोस्रो अधिवेशन (बजेट अधिवेशन) आह्वान भएको जनाएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० जेठ १२ गते शुक्रबार दिनको १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा दोस्रो अधिवेशनको पहिलो बैठक बस्ने सूचनामा उल्लेख छ ।

  • ११ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech