१७ असार २०८२, मंगलवार

अब फुसको छाना मुक्त नरैनापुर निमार्ण गर्छुः सांसद ढकाल
  • रामकृष्ण छिनाल

बाँके\नरैनापुरमा आगलागि पिडितलाई राहत समाग्री वितरण गरिएको छ । बाँके क्षेत्र नं.१ का सांसद सुर्य ढकालले आगलागि पिडितहरुलाई राहत हस्तान्तरण गरेका हुन । ढकालले आगलागि क्षेत्रको अनुगमन समेत गरेका छन।

नरैनापुर गाउँपालिकाका वडा नं.३,४ र ५ का जमुनी, गेगली, जयरामपूर्वा लगाएत स्थानमा ढकालले अनुगमन गरेका हुन ।

सांसद ढकाल लगाएतको टोलीले आगलागि पिडित २१ घरपरिवारलाई दैनिक उपभोग खाद्यन सामाग्री हस्तान्तरण  गरेका हुन।  ढकालले नरैनापुर गाउँपालिका क्षेत्रमा फुसका छाना विस्तापित गराउन आफ् तत्काल तत्तपर भएर काम गर्र्ने बताएका छन। उनले खरको छाना मुक्त गाउँपालिका निमार्णका लागि सबै निकायसँग सहकार्य तथा समन्वय समेत गर्ने उल्लेख गरेका छन। उनले सांसद विकास कोषको रकमले यहाँका फुसका घर विस्तापित गर्दै टिनका छानाले बनेका घरहरु निमार्ण गरिने समेत बताए ।

नेकपा एमाले सर्दैव आम श्रमिकहरुको अधिकार स्थापित गर्ने पार्टी रहेको उल्लेख गरेका थिए । ढकालले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धीका निम्ति  हरेक मन्त्रालयहरुमा योजना तथा बजेट माग्ने गरेका उल्लेख गरे ।

राहत हस्तान्तरण कार्यक्रममा नेकपा एमाले लुम्बनी प्रदेश कमिटी सदस्यहरु राम कुमार दिक्षित प्रेम भुसाल पुर्जन विश्वकर्मा जिल्ला सदस्य चन्द्रकला न्यौपाने माधव पौडेल त्यसै गरी युवा संघका केन्द्रिय सचिव  खेम शर्मा विद्यार्थी नेता सुर्य रोकाया लगाएत पार्टी भातृय संगठन जिल्ला पदाधिकारी सदस्य लगाएतको सहभागिता जनाएका थिए ।

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech