बैजनाथ\ बैजनाथ गाउँपालिकामा भोली बाट विद्यालय संचालन हुने भएको छ । चर्को गर्मी बढे सँगै बैजनाथ गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको थियो ।बैजनाथ गाउँपालिकाका सुचना अधिकारी तप्तराज आचार्यले जारी गरेको विज्ञप्तीमा भोलि ३२ गते बाट अर्को व्यवस्था नहुँदा सम्मका लागी विहानी ६ः३० बजे बाट ११ः ३० सम्म संञ्चालन हुने जानकारी गराइएका छन।












