१२ जेष्ठ २०८३, मंगलवार

योग दिवसमा लुम्बिनीमा विशेष कार्यक्रम
  • न्युज मानसराेवर

बाँके\अन्तर्राष्ट्रिय योग दिवका अवसरमा मंगलबार लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिएको छ। पतञ्जली योगपीठ नेपालको आयोजनामा भएको कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको उपस्थिति थियो।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किराँतीले हजारौँ वर्षअघि पत्ता लागेको योगको औचित्य पछिल्ला दिनमा निकै बढ्दै गएको बताए। यस्तै राजदूत श्रीवास्तवले योग दिवसले स्वस्थ जीवन जिउने कलाका बारेमा सबैलाई एकजुट बनाउने बताए। कार्यक्रममा सहभागीलाई केहीबेर योगका विभिन्न आसन गराइएको थियो।

  • ५ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech