१२ जेष्ठ २०८३, मंगलवार

कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु
  • न्युज मानसराेवर

कोहलपुर \सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल निमित्त निर्देशक डा.ढुण्डी राज पौडेलले जारी गरेको प्रेश विज्ञप्ती मार्फत मन्त्री सिंहको मृत्यु भएको जनाएको हो ।

सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका उनीसहित तीन जनालाई हेलिकप्टरमार्फत कोहलपुरमा उपचार गर्न ल्याइएको थियो ।

सडक दुर्घटनामा परेर  सिंहसहित ३ जनाको मृत्यु भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो।

मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना हुँदा उनको मृत्यु भएको हो।गाडि सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

  • ५ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech