बैजनाथ\ बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८० \०८१ को निति तथा कार्यक्रम प्रस्तुत सँगै निति तथा कार्यक्रम पारित गरिएको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शाहीले स्वास्थ्य ,शिक्षा, खानेपानी तथा सरसफाई कृषि तथा सिंचाई र भू उपयोग ,सहकारी पशुपन्छी र मत्स्यपालन ,युवा तथा खेलकुद,भौतिक पूर्वाधार ,बन वातावरण तथा विपद व्यवस्थापन ,सुशासन तथा सेवा प्रवाह न्यायिक ,लैगिक मिानता नागरिक समाजिक समावेशिकरण जेष्ठ नागरि महिला ,दलित ,क्षेत्रको समग्र विकासका निम्ति गाउँपालिकाले आर्थिक वर्ष २०८० ।०८१को मुख्य रुपमा नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीले प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरेका छन।
त्यसै गरी पर्यटन प्रवर्धन र धर्म संस्कृति र कला लाई समेत प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।गाउँपालिका अध्यक्ष शाहीले आत्म निर्भर गाउँपालिका निमार्णका निम्ति गाउँपालिकाका सबै वडामा तरकारी संकलन केन्द्रको स्थापना गरी कृषि उत्पादनलाई बजारीकरण गर्ने नीति लिएको छ । स्थानीय उत्पादनलाई लाई बजार सम्म पुर्याउन र स्वरोगार र आत्म निर्भर समाजको परिकल्पना गर्नाका किसान सँग पालिका प्रमुख कार्यक्रमलाई निरन्तरता दिएको छ ।
रासायनिक मलको प्रयोगलाई न्यूनिकरण गरी प्रांगारिक मलको उत्पादन बढाउन विशेष बढावा दिइने प्रस्तुत निति तथा कार्यक्रममा समावेश गरिएको छ । बैजनाथ गाउँपालिकाको प्रस्तुत नीति तथा कार्यक्रममा मुख्य रुपमा कृषि , स्वास्थ्य शिक्षा सहकरी क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा प्रमुख अथिति प्रतिनिधि सभा सदस्य आशा विक तथा प्रदेश सांसद रत्न खत्रीको सहभागिता रहेको थियो । यसै गरी गाउँपालिकाले आर्थिक वर्ष २०८० ।०८१ निम्ति भोली १० गते बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको बैजनाथ गाउँपालिकाले जनाएको छ ।











