बाँके\बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित बाट बाघको छाला र हड्डी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो १४ गते रात्रि ७ बजे कोहलपुर ११ बाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी गराएका छन।
पक्राऊ पर्नेमा, दैलेखको ठाटीकानडा गाउपालीका वडा नम्बर ४ घर भएका सुनील चुनारा, सोही जील्ला भगवती गाउपालीका वडा नम्बर ५ का नबीन कुमार कसेर, अछामको पन्चदेवल गाउपालीका वडा नम्बर २ का टोपेन्द्र शाही ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिएकाहरुलाई बाँके राष्ट्रिय निकुञ्जको जिम्मा लगाउने तयारी भइरहेको समेत प्रहरी निरिक्षक प्रकाश कार्कीले भनेका छन।











