बाँके,नरैनापुर \भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी छन्।

नरैनापुर गाउँपालिकाको वडा नं ४ मा गाउँब्लकमा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको हो।जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री चौधरीले नरैनापुरमा रहेका गाउँब्लकका थप ४ सय नागरिकहरूलाई केही महिनाभित्रै जग्गा वितरण गरिसक्ने बताइन्।
उनले नापी भइसकेका गाउँब्लकको जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमिविहीन बनिरहेकाहरू कोही पनि छुुट्न नहुनेमा जो दिइन्।
उनले नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराइन्। जग्गाधनी प्रमाण पुर्जा वितरण वितरण कार्यक्रममा बाँके क्षेत्र नं.१ का सांसद सुर्य ढकाल प्रदेश सांसद ,स्थानीय राजनिति दलका नेता कार्यकता सरकारी कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।











