बाँके\ बाँकेको बैजनाथ गाउँपालिका वडा नं.७ पेडारी गाउँमा सडक निर्माणमा ढिलाई हुँदा स्थानियलाई सास्ती खेप्नुपरेको छ । ठेक्का लिएको कम्पनीले सडक निर्माणमा ढिलाई गर्दा स्थानियलाई सास्ती खेप्न परेको हो । लामो समयसम्म पनि सडक निर्माणमा ठेकेदार कम्पनीले सडक निर्माणमा आनाकानी गर्दा स्थानियलाई हिड्दुल गर्न गाह्रो भएको स्थानियहरु बताउँछन् । सडक निर्माणको लागि ठेक्का पाएको बिएलएल निर्माण कम्पनीले ३ पटक समय थप्दा पनिसडक निर्माणको कार्य पुरा गर्न नसकेको स्थानिय दिपक थारुले भनेका छन।
ठेक्का पाएको कम्पनीको लापरवाहीले गर्दा हामीलाई एकदम सास्ती खेप्नुपरेको छ थारुले भने । ३ बर्ष पहिले नै सडक निर्माणको कार्य सम्पन्न हुनुपर्ने हो तर ठेकेदार र स्थानिय पालिको लापरवाहीले सडक निर्माणमा ढिलाई भएको स्थानिय राधेश्याम थारुको गुनासो रहेको छ । वडाको बजेटबाट निर्माण हुन लागेको सडक ठेकेदार कम्पनीले वास्ता नगर्दा आम जनतालाई दुख भैरहेको छ । विरामी पर्दा एम्बुलेन्स आउन नसक्ने स्थिती छ राधेश्यामले भने । स्थानिय तहका जनप्रतिनिधिलाई खबर गर्दा अहिले आउने र कामको प्रक्रिया अगाडी बढाउने भनेपनि कार्यन्वयन नगर्ने स्थानिय भरत कुमार थारुले आरोप लगाएका छन। स्थानीय सरकारले समेत काम अगाडी बढाउन भनेतापनि ४५० मिटर सडक निर्माण गर्न ३ बर्ष बढि समय लाग्यो अझ बनेन स्थानियलाई सास्ती कहिलेसम्म स्थानियले गुनासो रहेको छ ।

३ बर्षमा ३ पटक सयम थप्दा पनि निर्माण कार्य अपुरो छ खाली जनतालाई आँखामा छारो हाल्ने जस्तै कार्य भएको छ स्थानिय निवर्तमान जनप्रतिनिधि वडा सदस्य गोपाल थारुले भनेका छन। हाम्रो पालामा बजेट विनियोजन भयो अहिले हामी निवर्तमान भयो ठेकेदार कम्पनीले एकछिन डोजर लिएर काम गरेजस्तो गर्ने र भाग्ने गरेको छ गोपाल थारुले भने ।
३५ लाख बजेट रहेको सडक निर्माण अझै अपुरो छ।३ बर्षमा ४५० मिटर बाटो कालोपत्रे हुनुपर्नेमा १ मिटर पनि कालो पत्रे बन्न सकेन गोपाल थारुको आरोप छ।बर्खायाममा झनै हिड्न सकिन्न कहिलेसम्म यस्तो सास्ती बेहोर्नु पर्छ उनले स्थानीय सरकार प्रति कटाक्ष प्रकट गरे ।
बैजनाथ गाउँपालिका वडा ७ पेडारीका वडाअध्यक्ष दिनेश थारुले भने सबै विषय बुझेर पनि कानूनी जटिल्ताले केही ठेकेदारलाई केही गर्न सकेका छैनो उहाँ ठेक्दारलाई भन्यो सडक निर्माणको कामलाई छिटो अगाडी बढाउनुस भन्दा नसुने झै गर्ने गरेको बताए । बिएलएल निर्माण कम्पनीका गोपाल आचार्य ०७७ जेठमा सम्झौता भएको सडक निर्माण हाल सम्म पनि कालो पत्रे बन्न सकेको छैन ।
तेश्रो पटकको सम्झौताको म्याद पनि ०८० असार १५ गते सकिएपनि काम अझै हुन नसकेको ठेकेदार गोपाल आचार्यले भनेका छन। बैजनाथ गाउँपालिकाका अध्यक्ष प्र्रकाश बहादुर शाहीले भने ठेक्का पाएको कम्पनीबारे नियमसंगत कालो सुचीमा राख्ने प्रक्रिया अगाडी बढेको छ शाहीले भने । काम राम्रोसंग नगर्ने र ढिलाई गर्ने कम्पनीको लिस्ट तयार हुदैछ कानुन अनुसार प्रक्रिया अगाडी बढेको छ अब त्यस्ता कम्पनीलाई कालो सुचिमा राख्ने पालिकाले निर्णय गरेको गाउँपालिकाले जनाएको छ । पेडारीको सडकको लागि बारम्बार तोकता गर्दा पनि निर्माण कम्पनीले चासो नदिदा अव कालो सुचिमा राख्ने तयारी भइरहेको बैजनाथ योजना शाखाले जनाएको छ ।











