१२ जेष्ठ २०८३, मंगलवार

कोहलपुर नगरमा भेटिए क्षयरोगका १सय ६२ नयाँ बिरामी
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन पालिकाभित्र एक जना पनि क्षयरोगी हुन नहुने भएकाले रोगीको पहिचान र खोजी गर्ने कार्य चलिरहेको छ । कोहलपुर नगर स्वास्थ्य शाखाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीका अनुसार रोगीको पहिचान, खोजी र उपचारका लागि नगरका चार ठाउँमा डट्स सेन्टर राखिएको छ ।

कोहलपुर नगर अस्पताल, नगर स्वास्थ्य प्रवर्धन केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र रझेना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डट्स सेन्टर रहेको र ती सेन्टरबाट रोगीहरुले उपचार सेवा पाउँदैआएको  केसीले जानकारी गराएका छन।संयोजक केसीले डट्स सेन्टरबाट बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने गरिएको बताए । उनले कोहलपुरमा जेठ महिनासम्म १६२ जना नयाँ क्षयरोगीको पहिचान भएको समेत बताए ।

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख सङ्गीता सुवेदीले अझै पनि नयाँ रोगी भेटिने क्रम जारी रहेको र धेरै जनाको पहिचान हुन बाँकी रहेकाले क्षयरोग मुक्त नगर घोषणा अभियान सफल हुन समय लाग्ने बताइन। स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले बाँकेका पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्न सबैले आफ्नो ठाउँबाट प्रयास गरिरहेको जानकारी गराएाक छन।

  • १८ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech