बाँके\बाँकेमा हालसम्म २५ प्रतिशत मात्रै रोपाईं भएको छ । कृषि ज्ञान केन्द्र, नेपालगञ्जका अनुसार हालसम्म पनि राम्रो वर्षा नभएकोले अपेक्षित रोपाईं हुन नसकेको हो ।
कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख शकिल अहमदले यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकोले सबैतिर रोपाईं हुन नसकेको बताए । उनका अनुसार हालसम्म भएको २५ प्रतिशत रोपाईं पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ ।
प्रमुख अहमदले हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाईं भएको र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाईं भएको जानकारी आएको बताए ।











