१२ जेष्ठ २०८३, मंगलवार

कोहलपुरलाई हरित सहर बनाउन मुख्यमन्त्री चौधरीको आग्रह
  • न्युज मानसराेवर

कोहलपुर \लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरिया र सिमेन्टको सहरलाई हरित सहरको रुपमा अघि बढाउन आवश्यक भएको बताएका छन। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समिति अन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर–नेपालगञ्ज सडकको साझा चोकदेखि हाइस्कुल चोकसम्म सोमबार आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री चौधरीले जनताको चाहना अनुसार वृक्षरोपण गर्न आग्रह गरेका हुन ।

मुख्यमन्त्री चौधरीले घर–घरमा रोप्ने बिरुवा र सडक–सडकमा रोप्ने बिरुवाको पहिचान गरेर मात्र वृक्षरोपण गर्न पनि सुझाव दिए ।
चुरे संरक्षणको महत्व रहेको भन्दै उनले यो कार्यक्रममा प्रदेश सरकार जोडिन चाहेको बताए ।

उनले कोहलपुर सहरलाई प्रदेशकै हरित नमुना सहर बनाउन सकिनेमा समेत जोड दिए ।  कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागि परेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन।

आचार्यले भने , “विगतका स्थानीय सरकारले पनि नगर क्षेत्रमा बोटबिरुवा रोपेको भए पनि ती बोटबिरुवा हुर्कन नसक्दा अहिले विज्ञहरुको सुझाव र माटोको ल्याब परीक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको छ ।” बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिँदै उउनले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न नगरवासीलाई आह्वान समेत गरे।

कार्यक्रममा प्रदेशसा सदस्य सञ्जुकुमारी थारु, जन्मजय तिमिल्सेना, नगर उपप्रमुख संगीता सुवेदी, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समितिका बोर्ड सदस्य भेषराज आचार्य, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन एकाइ कैलालीका प्रमुख हरिवंश आचार्यलगायतले चुरे संरक्षणमा सबैको साथ र सहकार्य आवश्यक रहेको बताए । उक्त खण्डमा कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिका तीन सय बिरुवा रोपिएको छ ।

  • २५ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech