१२ जेष्ठ २०८३, मंगलवार

बाँकेमा स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना नियन्त्रणमा
  • रासस

बाँके\नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।   नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहीवार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित समातिएका हुन् ।

कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको हो । मोटरसाइकल चालक भारततर्फ भागेका थिए । रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech