बाँके\बज्रदल गण, इमामनगर ब्यारेक राँझाले २६ विगाहमा वृक्षरोपण शुरु गरेको छ । ब्यारेकपछाडिको नेपाली सेनाले भोगाधिकार गरिरहेको २६ विगाहमा सोमबार वृक्षरोपण शुरु गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल (सरुवा), बज्रदल गणका गणपति रविन श्रेष्ठलगायतले वृक्षरोपण गरेका छन् ।गणपति पौडेलका अनुसार, सितलचिनी, बकाइनो, निम, अमला, अम्बालगायत बिरुवा रोपिएको छ । २६ विगाहमा ५ हजार बिरुवा रोप्ने तयारी गरिएको छ ।
सोमवार एक हजार पाँच सय विरुवा रोप्ने गरी जनशक्ति परिचालन गरिएको छ । दुई हप्तामा सबै रोपिसक्ने तयारी छ ।
वृक्षरोपणमा डिभिजन वन कार्यालय, बाँके, नेपालगञ्ज सव डिभिजन वन कार्यालय, राँझा, नेपालगञ्ज फोनिक्स राउण्ड टेबल–३२ ले सहयोग गरेका छन् ।
वृक्षरोपण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजाल, वडा नं. २० का कौशल धोवी, अनुसन्धानका एसपी मोहन कुँवर, वन कार्यालय, राउण्ड टेलवका प्रतिनिधि, स्थानीय बासिन्दाको उपस्थिति थियो ।