बाँके\बाँकेमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका ६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावल रहेका छन् । उनलाई मंगलवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रावलले ती किशोरीलाई गत बिहीवार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके पुर्याएका थिए । पछि उनले नेपालगञ्ज उपमहानगरपालिका १ पुष्पलाल चोकस्थित एक होटलमा लगेर बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











