बाँके\महिला उद्यमी संघ नेपाल बाँकेको अध्यक्षमा साबित्री पोखरेल बस्नेत सर्वसम्मत रुपमा निर्वाचित भएकी छन् ।
संघको प्रथम उपाध्यक्षमा रेवती सिंह, द्वितीय उपाध्यक्षमा आमा गौतम, तृतीय उपाध्यक्ष सुनिता पाण्डे, महासचिवमा सरिता शाक्य, सचिवमा नितु शाह चन्द, कोषाध्यक्षमा विन्दु चर्तिमगर निर्वाचित भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा सुशीला शाह राणा, शशि स्वार, शुष्मा ज्ञवाली, निरु चौधरी, कुसुम दुगड, शुषमा पोखरेल सुवेदी, शोभा श्रेष्ठ, सुनिता सुवेदी, नाजिया अलि शर्मा, रोजी बोस निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त सुनिता शर्माले जानकारी दिइन् ।










