१ जेष्ठ २०८२, बुधबार

भेरी अस्पताल निर्माणमा ढिलाइ
  • न्युज मानसराेवर

बाँके\तीन पटक म्याद थपिँदासमेत भेरी अस्पताल नेपालगन्जको नयाँ तथा अत्याधुनिक भवन निर्माणको काम पूरा हुन सकेको छैन। २५० शय्याको सो अस्पताल भवनको निर्माण पूरा गरेर हस्तान्तरण कार्यमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव बिरामीलाई परेको छ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पताल भवन जस्तो संवेदनशील संरचनाको निर्माणमा समेत ढिलाइ गरिनु निकै दुःखद भएको बताएका छन। तीन तीन पटकसम्म म्याद थप गरिँदासमेत अझै भवन निर्माण पूरा गर्नेतर्फ निर्माण कम्पनीले ध्यान नदिएको गुनासो उनको छ। भवन नहुँदाको प्रत्यक्ष असर उपचारका लागि आउने बिरामीलाई परिरहेको उनले उल्लेख गरेका छन।

ध्यक्ष शाहका अनुसार २०७८ साल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा प्रेरा सिएबी भीमेश्वर जेभीले ३२ करोड रुपियाँको लागतमा ठेक्का पाएको थियो।  तर समय सकिएर तीन पटक म्याद थप भइसक्दा पनि अस्पताल भवनको निर्माण अझै पूरा भएको छैन। पहिलो पटक म्याद थप गरी २०७९ साल भदौ १५ सम्म, फेरि म्याद थप गरी मङ्सिर मसान्तसम्म र पुनः म्याद थप गरी फागुन मसान्तसम्ममा हस्तान्तरण गरिने सम्झौतामा उल्लेख थियो।

अहिलेसम्म अस्पताल भवन निर्माण गरी हस्तान्तरण हुन नसक्दा त्यसको मार बिरामीले खेपिरहेका छन्। पुरानो भवनमा रहेको आपत्कालीन विभागमा एमआरआई मेसिन जडान गर्नुपर्ने भएकाले नयाँ भवन हस्तान्तरण नगरिँदै आकस्मिक सेवा नयाँ भवनमा सारेर कामचलाउ भइरहेको अस्पतालले जनाएको छ।

प्रवक्ता डा। सङ्केत रिसालले अस्पतालमा बिरामीको चाप दैनिक बढ्दै गएकोमा नयाँ भवन बनेपछि सहज हुने विश्वास गरिएको तर अझै पनि निर्माण पूरा नहुँदा समस्या बढ्दै गएको बताए । उनले बिरामीको चापसँगै ठाउँ अभावले समस्या भएको बताएका छन।

कोभिड महामारीपछि भेरी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। पछिल्ला दिनमा दैनिक पाँच सयदेखि आठ सयसम्म बिरामी यहाँ उपचार गर्न आउने गरेका छन्। भेरी अस्पताल नेपाल सरकारको स्वीकृत सय शøया र अस्पताल विकास समितिबाट थप ५० गरी १५० शय्या क्षमतामा सञ्चालनमा छ। सरकारले पाँच सय बेड क्षमतामा अस्पताल स्तरोन्नति गर्न सैद्धान्तिक निर्णय गरे पनि जनशक्ति र भौतिक पूर्वाधारको अभाव छ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech