११ जेष्ठ २०८३, सोमबार

बाँकेमा बम विष्फोट, द्वन्द्वकालमा राखिएको हुनसक्ने
  • न्युज मानसराेवर

बाँके\ पूर्वपश्चिम राजमार्गमा बम पड्किएर ठूलो खाडल परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिवार राति दाङको राप्ती सोनारी गाउँपालिका वडा नं ८ नयाँगाउँ नजिकैको सडकमा बम पड्किएको हो ।

उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले त्यो खाडल पुरेको छ ।

‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ । कुनै क्षति भएको छैन, हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन,’ उनले भनेका छन् ।

  • ३१ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech