बाँके\लुम्बिनीलाई विश्वमा चिनाउन प्रदेश सरकारले नोबेल पुरस्कार विजेताहरुको ‘लोरेट एण्ड लिडर’ सम्मेलन आउदो फागुनमा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्रिपरिषद् बैठकले फागुन महिनामा बुद्व जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्ने र यसका लागि नेपाल सरकारसँग समन्वय गर्ने निर्णय गरेको प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।
बुद्धजन्मस्थल लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले चालु आर्थिक पर्षमा ६ करोड ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।
नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा रसायनशास्त्र, भौतिक शास्त्र, साहित्य, शान्ति, र औषधी विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पु¥याएका व्यक्तिहरू र संस्थाहरूलाई प्रदान गर्ने गरिएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले करार कर्मचारीको व्यवस्थापन गर्न बनेको कार्यविधि २०८० लाई पारित गरेको छ ।