८ मंसिर २०८१, शनिबार

ग्रामीण बस्तीमा नेकपा (एमाले) बाँकेको क्यान्सर शिविर
  • न्युज मानसराेवर

बाँके \बाँकेको ग्रामीण क्षेत्रमा महिलाको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी शिविर सञ्चालन गरिएको छ । नेकपा (एमाले) बाँकेको आयोजनामा बैजनाथ गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क  स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकको सहभागितामा आयोजित शिविरमा बैजनाथ गाउँपालिकाका विभिन्न वडा र आसपासका पालिकाबाट महिलाको सहभागिता रहेको छ ।

गाउँमै विशेषज्ञ चिकित्सकको सेवा पाएपछि स्थानीय महिला खुसी भएका छन् । बैजनाथ –६ की सीता बुढाले पछिल्लो समय क्यान्सर डरलाग्दो रूपमा देखिएकाले गाउँमै चेकजाँच पाउनु सम्पूर्ण महिलाका लागि सुखद भएको बताए । बुढाले भने , ‘गाउँघरमै डाक्टरसहित उपचार पाउँदा खुसी भएका छौँ ।’शिविरको उद्घाटन गर्दै नेकपा एमाले का उप–महासचिव प्रदीप ज्ञवालीले जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर जिल्ला पार्टीले कार्यक्रम गरेको भन्दै प्रशंसा गरे ।

जनतासँग प्रत्यक्ष जोडिनेगरी कार्यक्रम गर्नु सह्रानीय काम भएको भन्दै उहाँले गाउँटोलमा विशेषज्ञ चिकित्सक आएकाले महिलालाई शिविरमार्फत सेवा लिन अपिल समेत गरेका छन।

समयमै रोगको पहिचान हुन सकेमा उपचारबाट सहजै क्यान्सर निको हुने भएकाले ग्रामीण क्षेत्रमा शिविरको आयोजना गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी गराएका छन।

एमाले बाँकेले पटक–पटक यसखालका शिविर सञ्चालन गरी विशेषज्ञ चिकित्सकलाई ग्रामीण क्षेत्रका भेटाएर जनतालाई चेकजाँचको अवसर प्रदान गर्दैआएको कक्षपतिको भनाइ छ । शिविरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेमा आबद्ध स्वास्थ्यकर्मी समेत खटिएका छन् ।

  • २० आश्विन २०८०, शनिबार प्रकाशित

  • Nabintech