८ मंसिर २०८१, शनिबार

सुर्योदय मावि चिसापानीमा बन्यो सुविधायुक्त भवन
  • न्युज मानसराेवर

बाँके\सुर्योदय माध्यामिक बिद्यालय चिसापानीमा सुविधायुक्त भवन निमार्ण कार्य सम्पन्न गरिएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर १ मा निर्मित उक्त भवनको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही तथा वडा अध्यक्ष रुप बहादुर मल्लले सयुक्त रुपमा आज उद्घाटन गरेका छन।

आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत भवन निर्माण सुरु गरिएको थियो । गाउँपालिका अध्यक्ष शाहीका अनुसार कुल ५४ लाख रुपैयाँको लागतमा दुई तले, चार कोठे भवन निर्माण कार्य सम्पन्न भएको हो ।

भवन निर्माण भएपछि शैक्षिक क्रियाकलाप सञ्चालन गर्न बिद्यालयलाई सहज भएको प्रमुख अतिथी समेत रहेका अध्यक्ष शाहीले बताए । ‘बिद्यार्थी संख्याको अनुपातमा बिद्यालयसँग भवन अभाव थियो, यो भवन बनेसँगै अब धेरै नै राहत भएको छ,’ उनले भने ।

भवन उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्ल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानसिंह बुढाक्षेत्री, प्रधानाध्यापक दीपकबहादुर शाही, विभिन्न दलका प्रतिनिधि, अभिभावक, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो । नयाँ भवनमा पढ्न पाउँदा बिद्यालयका बिद्यार्थी दंग परेका छन् ।

  • २६ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech