कोहलपुर\ समता स्कुल कोहलपुरले दशै तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान गर्दै स्कुल विदा गरेको छ ।
समता स्कुलले आफ्ना विद्यार्थी अभिभावक विच दशैको टिका जवरा तथा दक्षिणा कार्यक्रम गर्दै मंसिर ४ गते सम्म स्कुल विदा गरेको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अथिति नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले विद्यालय आफ्नो स्थापनाकाल देखी नै न्यूनतम शुल्कमा सबै कक्षाहरुमा अध्ययापन गराउदै आइरहेकोमा आफु हर्षित भएको बताए ।
उनले विद्यार्थी अभिभावक तथा विद्यालय परिवारमा दशै तिहार तथा छठ पर्वको शुभकामना दिए । शर्माले समाज रुपान्तरणमा समता विद्यालयले गरेको योगदानको उच्च कदर समेत व्यक्त गरेक थिए ।
त्यसै गरी कार्यक्रममा समता स्कुल कोहलपुरका संचालक रबि रोकायले हाल सम्म समता स्कुलले अबलम्बन गरेका नीति तथा कार्यक्रम बारे आफ्नो धारणा राख्दै दशै तिहार तथा छठ पर्वको शुभकामना ब्यक्त गरे।
उनले विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति स्कुलले विभिन्न अतिरिक्त क्रियापकला गर्दै आइरहेको बताउदै दशै तिहार तथा छठ पर्वको विदा पछि तत्काल साथीसँग मनका कुरा विद्यार्थी विद्यार्थी विच अन्तर संवाद कार्यक्रम संचालनमा ल्याउने समेत बताए ।
त्यसै गरी कार्यक्रममा बोल्दै विद्यालय विकास समितिका अध्यक्ष निम बहादुर वलीले गुणस्तरीय शिक्षा सबैका लागि खुल्ला भएको बताउदै न्यूनतम शुल्कमा सबै कक्षामा अध्ययापन गराउदै आइरहेको र आफु लगाएत सबै अभिभावक यस विद्यालयको एउटा अंगका रुपमा रहन पाउँदा हर्षित बनाएको बताए ।
उनले स्कुल स्थापना कालदेखी गुणस्तरीय शिक्षा सँगै संस्कार र मौलिक संस्कृतिको रक्षा समेत गरेको औल्याएका थिए । कार्यक्रममा चेत बहादुर केसीले अनौठो नित्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रम समापनमा बोल्दै समता स्कुल प्रिन्सिपल लक्ष्मी पौडेले स्कुललाई अभिभावक ज्यूहरुले गरेको विश्वास प्रति धन्यवाद व्यक्त गरिन ।
पौडेलले यो विश्वास आगामी वर्षहरुमा समेत हुने विश्वास व्यक्त गदै गुणस्तरीय शिक्षाको एटटा नमुना समता स्कुल रहेको औल्याइन। पैडेलले दशै तिहार तथा छठ पर्वको शुभकामना समेत व्यक्त गर्दैै कार्यक्रम समापन गरिन।