बाँके\भारती मानन्धरले पुनः रिले अनसन सुरु गरेकी छन्। पतिको हत्या प्रमाणित भएर थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिइएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले दसैं सकिएलगत्तै माइतीघर मण्डलामा रिले अनसन सुरु गरेकी हुन्।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्। २०७२ असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका मानन्धरको हत्या भएको थियो।