बाँके\बाँके प्रहरीले तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरी तीन वर्षदेखि फरार रहेका राप्तीसोनारी गाउँपालिका –५, बाँकेका ३९ वर्षीय जन्जिर थारुलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले जानकारी गराएका छ।
थारुले २०७७ माघ १० गते राजापुर नगरपालिका १५, बर्दिया घर भई नेपालगन्ज उपमहानगरपालिका –६ मा डेरागरी बस्ने ४५ वर्षीय एक महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।
पक्राउ परेका थारुलाई आइतबार आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ।