कोहलपुर\नेकपा एमालेको भातृय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।नेपाल उत्पीडित जातिय मुक्ति समाजकोहलपुर नगर कमिटीको आयोजनामा दसै ,तिहार छठ पर्व नेपाल सम्वतको अवसरमा कोहलपुर ८ मा शुभकामना आदान प्रदान गरिएको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको परिकल्पना केवल दलित समुदायको साझा संगठनका रुपमा हेर्न नहुने बताए ।
‘यहाँ उत्पीडितमा सबै जातिहरु रहेको उल्लेख गर्दै समाज रुपान्तरणका निम्ति संविधान जारी भएतापनि तिन सय जति कानुन निमार्ण गर्न नसक्दा सबै समुदाय उत्पीडित हुन बाध्य भएका छौँ ‘ संविधान सभा सदस्य सुनारलेउल्लेख गरेका छन।
उनले दसै ,तिहार, छठ पर्वको शुभकामना व्यक्त गर्दै भने राजनितिक दलको साझा मुद्धा समृद्ध नेपालको अवधारणा लाई आत्मा साथ गर्न आवश्यक रहेको बताए । त्यसै गरी विशिष्ट अथिति लुम्बिनी प्रदेश माननीय दुर्गा प्रसाद थारूले लोकतन्त्रको रक्षा गर्न र समृद्ध नेपालको परिकल्पना पुरा गर्न बहुमत सहितको नेकपा एमालेको सरकार आवश्यक रहेको बताए ।
देशमा स्तिर सरकार र नेतृत्वको अभावले गर्दा देशको विकास हुन नसकेको बताए । चौधरीले शुभकामना दिदै भने अबको अभियान कसरी जनताका विचमा जनताका साझा मुद्धाहरुमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने नै हो ।
जनताको अपेक्षा समृद्ध समाजको परिकल्पना शिक्षा , स्वास्थ्य , रोजगारी सृजना होस् भन्ने नै हो त्यसका निम्ति स्तिर र बहुमत सहितको सरकार आवश्यक रहेको बताए । कार्यक्रममा नेता नन्न विश्वकर्मा गोपाल गिरी ,नम प्रसाद शर्मा लगाएतको सहभागिता रहको थियो । नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुर नगर कमिटी अध्यक्ष अम्मर सिंह सुनारको अध्यक्षतामा उक्त शुभकामना आदान प्रदान गरिएको थियो ।