३० बैशाख २०८२, मंगलवार

भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने लुम्बिनी प्रदेश सरकारले
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ ।शनिवार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निर्णयसमेत गरेको छ ।

लुम्बिनीले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । यसैगरी बाँकेका विभिन्न अस्पतालमा घाइतेका लागि उपचारको व्यवस्थापन गर्नुका साथै बुटवलको लुम्बिनीको प्रादेशिक अस्पतालबाट मेडिकल टीम घटनास्थल पठाइएको छ । प्रदेशका विभिन्न स्थानीय सरकारले पनि राहत घोषणा गर्दै त्यसतर्फ लागेका छन् ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech