३० बैशाख २०८२, मंगलवार

लुम्बिनीमा रसियन गुम्बा निर्माण सुरू
  • न्युज मानसराेवर

बाँके\बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ ।एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो । लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक बिघा जमिनमा निर्माण थालिएको सो  गुम्बा सन् २०२५ मा सम्पन्न गरिने लक्ष्य रहेको छ ।
नेपालस्थित रसियन दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहलमा मन्दिर निर्माण गर्न थालिएको छ । उक्त गुम्बा ३० करोडको लगानीमा निर्माण गरिने रुसी गुम्बा नेपालका संयोजक ई.प्रवीण गौचनले जानकारी दिए ।

  • १ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech