बाँके\भूकम्प प्रभावित स्थानहरूमा भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा केन्द्रित रहने गरी एमालेको ११०० स्वयंसेवकको टोली आजबाट खटिएको छ ।
विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा ११०० स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन भएको हो ।
२५ जनाको दरले विभाजन गरिने ४० टुकडीद्वारा विभिन्न ४० स्थानहरूमा एकैसाथ श्रमदान प्रमुख पौडेलले जानकारी दिए ।
स्थानीय कमिटीहरू तथा जिफण्ट्को टोली यस अघि नै मैदानमा क्रियाशील छ । १५ दिन सम्म जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिने छन् ।